Logo
१९ बैशाख २०८१, बुधबार
(March 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिटरब्याज पीडितलाई भेट्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मिटरब्याज पीडितलाई भेट्ने तयारी गरेका छन् । मागका विषय बुझ्न चार सदस्यीय समिति गठन गरिएको छ । सो समितिले पीडितलाई भेटेपछि प्रधानमन्त्रीले भेट्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।

आजै बस्ने मन्त्रिपरिषद्को बैठकबाट मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने प्रधानमन्त्रीको तयारी छ ।

प्रकाशित मिति: Mar 28, 2023

प्रतिक्रिया दिनुहोस्