Logo
१२ बैशाख २०८१, बुधबार
(March 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघले नियमित पठनपाठनलाई असर पर्ने गरी तोडफोड र अनैतिक क्रियाकलाप नगर्ने

नेपाल विद्यार्थी संघले क्याम्पस प्रशासनलाई विद्यार्थीको नियमित पठनपाठनलाई असर पर्ने गरी तालfबन्दी, तोडफोड, र अनैतिक क्रियाकलाप नगर्ने प्रतिवद्धता गरिएको छ ।

क्याम्पसको सम्पत्ति दुरुपयोग र अनैतिक हिसाबले हुने चन्दा असुली नगर्ने  घोषणापत्रमा संघले उल्लेख गरेको छ ।

(आज) बिहीबार संघले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनाव केन्द्रित घोषणापत्रमा ‘एनएसयू एप र वेबसाइट’मार्फत सबै संकाय र तहका पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिवद्धता गरिएको छ ।

ग्रामीण तथा दुर्गम क्षेत्रमा पाठ्यपुस्तक नपुग्ने समस्यालाई समाधान गर्न समयमै अनगुमन गरी उक्त क्षेत्रमा पाठ्यपुस्तक पुर्‍याउने संघले पहल गर्ने जनाइएको छ ।

यस्तै माध्यमिक शिक्षा सबैलाई अनिवार्य र नि : शुल्क बनाउने संघले घोषणापत्रमा उल्लेख गरिएको छ । ७७ वटै जिल्लामा कम्तिमा पनि १ वटा आंगिक क्याम्पस स्थापना गर्न पहल गर्ने संघले जनाएको छ ।

कूल बजेटको १० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न संघले पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै खोज अनुसन्धान गर्न इच्छुक विद्यार्थीलाई अनुसन्धान कोषको व्यवस्थाका लागि संघले आवाज उठाउने प्रतिवद्धता गरिएको छ ।

प्रत्येक  प्रदेशमा एक मेडिकल कलेजका लागि सरकारलाई दबाब दिने, निजी मेडिकल कलेजले निर्धारित शुल्कभन्दा बढी असुल्न नदिने संघले प्रतिवद्धता व्यक्त गरेको छ ।

घोषणापत्रमा नेविसंघको इतिहासलाई महत्व दिइएको छ । माउ पार्टीले सार्वजनिक गरेको चुनाव केन्द्रीत घोषणापत्रको नक्कल नेविसंघले गरेको छ ।

प्रकाशित मिति: Mar 16, 2023

प्रतिक्रिया दिनुहोस्