Logo
१५ बैशाख २०८१, शनिबार
(March 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म स्टुडियो बनाउन चाहन्थे सतीश कौशिक

बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको गत मार्च ९ मा निधन भयो । उनका भतिज निशान्तले सतीशको अन्तिम संस्कार गरे । उनले सतीशको अस्थीलाई हरिद्वारमा विसर्जन गरिसकेका छन् ।

हालैमात्र निशान्तले काका सतीशको अन्तिम इच्छाको बारेमा खुलासा गरेका छन् । जुन इच्छालाई सतीशले पुरा गर्न सकेनन् । ‘काका एउटा ठूलो फिल्म स्टुडियो बनाउन चाहनुहुन्थ्यो ।

अब त्यो चाहनालाई बोनी कपूर र अनुपम खेरले पुरा गर्दै हुनुहुन्छ । किनकी उहाँहरु काकाको परिवार सदस्य जस्तै हुनुहुन्छ’, निशान्तले भनेका छन् ।

निशान्तका अनुसार सतीश सन् २०२१ मा रिलिज फिल्म ‘कागज’को सिक्वेल बनाइरहेका थिए । यो फिल्म अहिले सम्पादन चरणमा छन् । भलै सतीशले फिल्मको काम पुरा गर्न नपाए पनि सतीशले त्यो कामलाई पुरा गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति: Mar 14, 2023

प्रतिक्रिया दिनुहोस्