Logo
२२ बैशाख २०८१, शनिबार
(March 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खाना सहित महेश बस्नेतसँग भेटघाट र छलफल गर्न गुन्डु पुगे मेयर बालेन साह 

भक्तपुर, २४ फागुन : संघीय राजधानी समेत रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भेटघाट गरेका छन् ।

बुधबार सूर्यविनायक नगरपालिका-७ गुन्डु स्थित नेता बस्नेतको निवासमा साह पुगेका हुन् । खाना सहित साह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो ।

मेयर साहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरे ।

प्रकाशित मिति: Mar 8, 2023

प्रतिक्रिया दिनुहोस्