Logo
१५ बैशाख २०८१, शनिबार
(March 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ महिने नातिनीलाई छोडेर आफ्नै बुहारीसँग टाप ठोकेपछि …!

भारत राजस्थानमा एक व्यक्ति ६ महिने नातिनीलाई छोडेर आफ्नै बुहारीसँग भागेका छन् । घटना बुन्डी जिल्लाको सिलोर गाउँको हो ।

प्रेमलाई यत्तिकै अन्धो भनिएको होइन । यसले प्रेमबाहेक अरू केही देख्दैन । कसलाई दुःख भयो, कसलाई क्षति पुग्यो, के हुन्छ परिणाम ? त्यो प्रेमले देख्दैन ।

पवन वैरागी नामका व्यक्तिले यसबारे सदार प्रहरी चौकीमा उजुरी दिएपछि घटना बाहिरिएको हो । वैरागीले आफ्नो उजुरीमा उनका बुवा रमेश वैरागी उनकी श्रीमतीसँग भागेको बताएका छन् ।

यसका साथै, बुवाले आफ्नी श्रीमतीलाई ललाइफकाइ गरी भगाएर लगेको पनि बताएका छन् । उनले श्रीमतीलाई निर्दोष बताएका छन् ।पवनले दाबी गरेअनुसार उनका बुवा अन्य अवैध काममा पनि संलग्न छन् ।

बुवाले उनको साइकल चोरेर श्रीमती भगाएको उजुरी प्रहरीलाई दिएका छन् । प्रहरीले घटनामा राम्रोसँग छानबिन नगरेको पनि आरोप लगाए ।

पवनको आरोपलाई सम्बोधन गर्दै सदर स्टेसन अधिकारी अरविन्द भारद्वाजले यो घटनाबारे राम्रोसँग अनुसन्धान गरिरहेको र आफूहरूले भागेका जोडी र चोरिएको साइकलको खोजी गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति: Mar 7, 2023

प्रतिक्रिया दिनुहोस्