Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भयानक रेल दुर्घटनालाई ग्रिसका प्रधानमन्त्रीले मानवीय गल्ती भने

ग्रिसमा भएको रेल दुर्घटनामा हालसम्म ४३ जनाको मृत्यु भएको छ । दुर्घटनापछि कतिपय ठाउँमा विरोध प्रदर्शन पनि भएका छन् । ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले यो दुर्घटना मानवीय त्रुटिको परिणाम भएको बताएका छन् ।

प्रधानमन्त्री बुधवार घटनास्थल पुगेका थिए । यो दुर्घटनामा एउटा मालगाडी र यात्रुवाहक रेल एक आपसमा ठोक्किएका कारण भएको थियो । दुर्घटनापछि ग्रिसका यातायात मन्त्रीले राजीनामा दिएका छन् ।

स्थानीय स्टेसन मास्टरविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उद्धार टोलीले घाइतेको खोजी गरिरहेको छ भने केहीको अस्पतालमा उपचार भइरहेको छ ।

यद्यपि, दुई वटा रेल एकै समयमा ट्र्याकमा आमने सामने कसरी आए भन्ने अझै स्पष्ट भएको छैन । सिग्नल दिनका लागि जिम्मेवार स्टेसन मास्टरले कुनै गल्ती नभएको र प्राविधिक कारणले दुर्घटना भएको बताए ।

प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भने, ‘कानुनले आफ्नो काम गर्नेछ । यसका लागि जिम्मेवार भएकाहरूलाई पक्राउ गरिनेछ । सरकार सर्वसाधारणको पक्षमा छ ।’

प्रकाशित मिति: Mar 2, 2023

प्रतिक्रिया दिनुहोस्