Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ हुने, माओवादी, नेकपा एस र जसपाको असहमती

विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश हुने भएको छ । यद्यपी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको फरक मत रहनेछ ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेशसभामा आजै नामको विषयले प्रवेश पाउने सम्भावना छ । दलहरुबीच सहमति भए आज नामको विषयले औपचारिक रुपमा प्रवेश पाउने उनले बताए ।

उनका अनुसार प्रदेशमा दलका नेताहरु दुई सातायता अनौपचारिक छलफलमा छन् । छलफलबाट चाँडै नाम टुङ्गो लगाउने सहमति भएको उनले बताए ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज नामको विषयले प्रवेश पाउने सम्भावना रहेको बताए ।

नाम टुङ्गो लगाउने विषयमा दलहरु एक मत भएपनि के नाम प्रस्ताव गर्ने भन्ने मतभेद छ । दलहरुबीच कोसी र किराँत नाममा छलफल केन्द्रित छ ।

राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नै नेतृत्वमा नामको टङ्गो लगाउन गृहकार्य गरेका हुन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीसँग बालुवाटारमा भएको भेटमा प्रदेश १ को नाम राख्न ढिलाइ भएकोमा चासो राखेका थिए । ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले मात्र नाम राख्न सकेको छैन ।

प्रकाशित मिति: Mar 1, 2023

प्रतिक्रिया दिनुहोस्