Logo
२२ बैशाख २०८१, शनिबार
(February 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्रीलाई बुझायो १५ बुँदे ज्ञापनपत्र

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्‍युनिष्‍ट पार्टी निकट अखिल ९क्रान्तिकारी०ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न मागसहितका १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

बुधबार बिहान बालुवाटार पुगेर सो सङ्गठनका प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । सो ज्ञापन पत्रमा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै सरकारी तवरबाट ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ ।

राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रलाई छुट्टाउन, सङ्घीय शिक्षा ऐन तत्काल लागु गर्न र विश्वविद्यालयमा राजनीतिक भागवण्डा बन्द गर्न सो सङ्गठनले सरकारसमक्ष माग गरेको छ ।

प्रकाशित मिति: Feb 22, 2023

प्रतिक्रिया दिनुहोस्