Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमानले विदेशबाट पठाएको २२ लाख लिएर श्रीमतीले अर्कैसँग गरिन् विवाह

आफ्ना श्रीमान लोप्साङ स्याङ्तान बिदेश गएको दुई महिनामामै सपना सिंतान र सगुन तामाङले विवाह गरेका छन । काभ्रेको महाभारत गाउँपालिका वडा नं ८ घर्तिछाप आकुरा कि सपना सिंतान र काभ्रेको खानिखोला गाउँपालिका वडा नं ४ सिरुटार निवासी लोप्साङ स्याङ्तानबिच २०७२ साल मङ्सिरमा विवाह भएको थियो ।

आफ्नो छोरा र श्रीमतिको सुख र खुशीको खोजिमा मरुभुमिमा आफ्नो रगत र पसिना बगाएर कमाएको पैसा लिएर अन्तै घरजम गरी आनन्द लिइरहेका यी जोडी बारा जिल्लाको निजगढ नगरपालिका वडा नं १० स्थित लाल भन्ने ठाउँमा छन ।

श्रीमान लोप्साङ स्याङ्तानले पठाएको करिब २१ लाख ५२ हजार ९ सय ४४ रुपैँया झ्वाम त पारे नै अहिले त्यही पैसाले सपनाले सगुन तामाङसँग घरबार बसालेकी छिन ।

विवाह गरेको करिब १ वर्षपछी बैदेशिक रोजगारको सिलसिलामा मलेसिया गए । उनीहरुको सम्बन्ध राम्रो नै थियो । सासु ससुरासँग नबसी भक्तपुरमा डेरा लिएर बसेका उनले बनेपामा डेरा सारे ।

बनेपामा डेरा सारे देखी नै सपनाले अर्कै राजाकुमारको सपना देख्न थाले । आफ्नो श्रीमान आफ्नो सन्तान र भविष्यको लागि विदेशी भुमीमा पसिना बगाएको कुरा बिर्सेंर उनले नयाँ राजकुमारसंग प्रेमलीला शुरु गरे ।

बिदेशमा रहेको श्रीमानलाई फकाइ हाम्रै भविष्यको लागि पैसा जम्मा गरेर राखेका छौ भनेर अनेक गफ दिन्थे । श्रीमती प्रती लोप्साङको कुनै शंका थिएन ।

छुट्टीको बेला कल गर्दा छोरासंग गफिएर बस्ने लोप्साङले आफ्नी श्रीमती पहिला जस्तो बोल्न नखोज्ने, फोन घण्टौसम्म बिजी भैरहनेले उनमा छट्पट्टी हुन्थ्यो । तर आफ्नो दाईसँग कुरा गरेको भनी सपनाले ढाँटेर बोलिरहन्थिन ।

को, कहाँको दाई हो भनेर भन्दा निकै झर्केर बोल्ने गर्दथिन । कहिलेकाही १ हप्तासम्म सपनाको फोन अफ हुन्थ्यो । बिदेश गएको करिब ५ वर्षपछि लोप्साङ २०७९ साल साउनमा घर फर्किने तयारीमा थिए । श्रीमती सपनाले आफू नेपाल आउने भएको थाहा पाएपछी एक महिना अघिदेखि नै कल उठाएनन ।

सगुनको मस्त प्रेमलिलामा व्यस्त भैरहेका बेला उनले वास्ता समेत गरेनन । आफ्नो गल्ती ढाकछोप गर्न अनेक युक्ती निकाले । ४ वर्षे छोराको बिचल्ली पारे । कहिले पोखरा कहिले चितवन मस्त घुमेर रमाए ।

लोप्साङले आफ्नी श्रीमती किन पहिला भन्दा धेरै परिवर्तन भयो भन्ने प्रश्न उनको मनमा बारम्बार आइरहन्थ्यो । बिदेश जाँदा विमानस्थलसम्म आएकी श्रीमतीले मलाई धोका दिन सक्दैन भन्ने लागिरन्हन्थ्यो ।

कम्पनिमा बल्ल तल्ल छुट्टी लिएर उनी २०७९ साउनमा नेपाल आए । सपनाको फोन नउठेपनी उनले म्यासेन्जर र मोबाइलमा म नेपाल आइपुग्दैछु भनेर म्यासेज गरे । कुनै रिप्लाई आएन । बिमानस्थलमा उनलाई लिन आउँला भन्ने आशा थियो । सबै निराशमा परिवर्तन हुँदै गयो ।

बिदेशबाट आएको पहिलो दिन लोप्साङ आमाबुवासँगै बसे । दुस्ख सुखका कुरा गरे । आफ्नी श्रीमती नहुँदा उनलाई सार्है नरमाइलो लागिरहेको थियो ।

बनेपा तिर डेरा लिएर बसेको भन्ने सम्म थाहा पाएका उनीहरुले बनेपामा आफ्ना आफन्तहरुलाई पनि सोधे । बल्ल तल्ल उनको डेरा पत्ता लाएर डेराको ढोका ढकडक्याए । आफ्नो सासु ससुरा र श्रीमान देख्ने बितिक्कै सपना आतीइन ।

मेरा डेरामा किन आएको भनेर अनेक अनेक भन्न थालिन् । छोरा बुहारी मिलेर बस्नु भनेर लोप्साङको आमा बुवा भक्तपुर फर्किए । करिब ४५ दिन नेपाल बस्दा लोप्साङले श्रीमतिको मोबाइल छुन पनि पाएनन ।

बिदेशबाट पठाएको पैसाले जग्गा लिनुपर्छ भन्ने सोचले नेपाल आएका लोप्साङलाई श्रीमती सपनाले हिसाब किताब कुनै देखाएनन बरु आफ्नो आफन्त कहाँ बस्न थाले ।

छोरासँगै लोप्साङ दिनभर बस्थे । लोप्साङलाई निकै दुखी थिए । आफ्नो आँखा अगाडी नै परपुरुषसँग मेरो दाई हो भनेर मस्त गफ गरिरह्दा उनलाई निकै चित्त दुख्थ्यो ।

लोप्साङले सहनसम्म सहे । छोराको बिचल्ली पारेर राखेको, डेरामा नै संगै परपुरुष राखेको कुरा वरीपरिका डेरा बस्नेहरुले लोप्साङलाई सुनाएका थिए । मलाई नराम्रो बनाउन यस्तो गरेको हो भन्दै अनेक बहानाबाजी गरे । सपनाले रुवाउनु रुवाए । दुस्ख दिनसम्म दिए ।

आफ्नो छोरा र श्रीमतिलाई आफ्नो आमा बुवासँग राख्छु भनेर लोप्साङले डेराको सामान गाडीमा लोड गरे । भक्तपुरमा अब आमा बुवासँगै बस्नुपर्छ भन्दा मानेनन ।

निकै लामो विवाद भयो । छोराको मायाले आउलिन भन्ने भयो । सपना आइनन । लोप्साङ मर्नु न बाँच्नुको दोसांधमा परे । रुदै रुदै उनी फेरी मलेसिया गए ।

उनलाई निकै नरमाइलो लाग्यो । मरितुल्य बनाएका उनले केही सोच्न पनि सकेनन । लोप्साङले आफ्नो दाई भनेर सपनाले भन्ने केटालाई खोज्नसम्म खोजे भेटेनन । सपनाले आफु बिदेश आएको केही दिनमा नै विवाह गरेको भन्ने खबर सुने ।

उनले आत्माहत्याको प्रयास समेत गरे । हाम्रो गाउंमा तपाईंको गाउंको मान्छे विहे गरेर आइुगेको छ भनेर लोप्साङलाई आफन्तले फोटो पठाएका थिए ।

अविवाहित हुँ भन्दै विवाह गरेका सपनाले श्रीमानले दिएको १ तोला गहनासँगै २२ लाख बराबर पैसा पनि बोकेर गएकी छन । लोप्साङले आफुले मेहनत गरेर कमाएको पैसा फिर्ता हुनुपर्ने माग गरेका छन ।

लोप्साङका बुवाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा संपर्कबिहिन भएकी बुहारी झिकाइ छालफल गरी पाउ भनी निवेदन हालेका छन ।

प्रकाशित मिति: Feb 17, 2023

प्रतिक्रिया दिनुहोस्