Logo
१९ बैशाख २०८१, बुधबार
(February 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्दिबास सरसफाइ तथा खानेपानी संस्थानको निर्वाचनमा ५३ जनाको उम्मेदवारी

महोत्तरीको बर्दिबासमा खानेपानी निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुको चहलपहल बढेको छ ।

करिब ६ हजार उपभोक्ता रहेको खानेपानी संस्थानको निर्वाचनको लागि विभिन्न पदमा ५३ जनाले उम्मेदवारी दिएका छन् ।

यही १४ फागुनमा नेतृत्व चयनका लागि निर्वाचनमा अध्यक्ष पदको लागि ८ जना, उपाध्यक्षका लागि ४ जना, सचिवका लागि ४ जना, कोषाध्यक्षका लागि ८ जना र सदस्य पदका लागि १९ जनाले उम्मेदवारी दिएका हुन् ।

बर्दिबासस्थित विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थपना गरेर निर्वाचनको तयारीमा जुटेका उम्मेदवारहरुले कतिपय प्यानल सहित प्रचारप्रसारमा लागेका छन् भने कतिपय उम्मेदवार एकल प्रचारप्रसारमा जुटेका छन् ।

प्रकाशित मिति: Feb 15, 2023

प्रतिक्रिया दिनुहोस्