Logo
१७ बैशाख २०८१, सोमबार
(February 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबैभन्दा ठूलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा हुन थाल्यो : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले अहिले सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा देखा पर्न थालेको टिप्पणी गरेका छन् ।

बिहीबार कपिलवस्तुको शिव गढीमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लवले सो कुरा बताएका हुन् । महासचिव चन्दले स्वास्थ्य क्षेत्र राज्यले जिम्मा नलिँदा सामान्य रोगबाट समेत जनताको ज्यान गइरहेको बताए ।

‘पैसा हुने जसरी पनि बाँचेका छन् । पैसा नहुने जनता भने सामान्य बिरामी हुँदा मरिराखेका छन् । त्यसैले राज्यसँग हामी लडिराखेका छौँ’ विप्लवले भने, ‘अहिले सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा देखा परेको छ । दुःखका साथ भन्नुपर्छ । ठुला ठुला भौतिक संरचना बनाएर स्वास्थ्यमा व्यापारीकरण भइरहेको छ । त्यसैले हामी भन्दै आएका छौँ स्वास्थ्य र शिक्षा राज्यले हेरिदिओस् ।’ बिरामी देखाएर स्वास्थ्य क्षेत्रमा व्यापार भइरहेको विप्लवले बताए ।

‘स्वास्थ्यमा राज्यले जनताको दायित्व लिनुपर्छ । स्वास्थ्य क्षेत्रलाई राज्यले लिन सम्भव पनि छ’ उनले भने, ‘जति विकसित देशहरू छन् ती देशका नागरिकको स्वास्थ्यको जिम्मा लिँदा जनता राज्यप्रति ढुक्क छन् । सकेसम्म जनताले राज्यबाट सेवा पाएका छन् ।’ स्वास्थ्य क्षेत्र राज्यले जिम्मा लिने वातावरण बनाउन सबैले दबाब बढाउनुपर्ने विप्लवले बताए ।

प्रकाशित मिति: Feb 2, 2023

प्रतिक्रिया दिनुहोस्