Logo
१७ बैशाख २०८१, सोमबार
(February 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने

नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको बताए।

उनले संसद भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताए ।

उनले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरु राजनीतिक दलहरूसँग छलफलका क्रममा काँग्रेस रहेको बताए ।

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति-उपराष्ट्रपति र सभामुख–उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले सोही अनुसार वार्ताका लागि बोलाए काँग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको पनि बताए ।

उनले प्रधानमन्त्री सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रस्ताव र एजेण्डा बाहिरिएपछि काँग्रेस छलफलका लागि जाने बताए । प्रमुख सचेतक लेखकले नेपाली काँग्रेस राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको बताए ।

 

प्रकाशित मिति: Feb 2, 2023

प्रतिक्रिया दिनुहोस्