Logo
५ जेष्ठ २०८१, शनिबार
(January 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १६ जनाको मृत्यु

युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् ।

घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ । दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन। दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रकाशित मिति: Jan 18, 2023

प्रतिक्रिया दिनुहोस्