Logo
१५ माघ २०७९, आईतबार
(December 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वको सबैभन्दा महँगो आलु, किलोको ६८ हजार रुपैयाँ

आलुलाई तरकारीको राजा भनिन्छ । विश्वभरी आलु नपाक्ने घर विरलै होलान् । यसबाट विभिन्न खालका स्वादिष्ट खाना बनाइने गरिन्छ । एक किलो आलुको मूल्य ५०–६० रुपैयाँ पर्छ ।

यस्तोमा यदि एक किलो आलु किन्न ६० हजारभन्दा बढी पैसा खर्च गर्नुपर्छ भनियो भने सायद तपाईंले विश्वास गर्नु हुँदैन होला । तर यो साँचो हो । विश्वमा आलुको एउटा यस्तो प्रजातिको खेती हुन्छ जसको एक किलोको मूल्य करिब ६८ हजार पर्छ ।

कहाँ हुन्छ यसको खेती ?

Le Bonnotte नामका यो आलुको खेती फ्रान्सको एक द्वीप  Ile de Noirmoutier मा हुन्छ । बलौटे माटोमा यसको खेती हुन्छ । समुद्री झारले यसको मलको रुपमा काम गर्छन् । यसको देती ५० वर्गमिटरको जमिनमा हुने बताइन्छ ।

आलुको सबैभन्दा दुर्लभ प्रजाति

यो आलुलाई दुलर्भ प्रजातिको श्रेणीमा राखिएको छ । Le Bonnotte लाई प्रत्येक वर्ष १० दिनसम्म मात्रै उपलब्ध गराइन्छ । यसको खेतीका लागि निकै सावधानी अपनाउनुपर्छ । ला बोनोटे आलुलाई रोपेको तीन महिना पछि यसलाई खनेर निकालिने गरिन्छ । फेब्रुअरीमा यो रोपिन्छ र मेमा यो खन्ने गरिन्छ ।

यो आलुको स्वाद नुनिलो हुन्छ भनिन्छ । यसको प्रयोग प्युरी, सलाद, सुप र क्रिमको तयारीका लागि गरिन्छ । साथै थुप्रै रोगविरुद्ध यसको सेवन फाइदाजनक मानिन्छ ।

प्रकाशित मिति: Dec 5, 2022

प्रतिक्रिया दिनुहोस्