Logo
२६ बैशाख २०८१, बुधबार
(November 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचनको समिक्षासँगै अर्कोपटक दक्षिणकै उम्मेदवार हुने प्रतिबद्धतापछि कांग्रेसमय बन्यो देवानगंज

सुनसरी क्षेत्र नम्बर २ स्थित देवानगंज गाउँपालिका एक पटक फेरि नेपाली कांग्रेसमय बनेको छ ।

गत स्थानीय निर्वाचनको समिक्षासँगै अर्कोपटक दक्षिणकै संसदीय उम्मेदवार हुने प्रतिबद्धतापछि देवानगंज कांग्रेस पुनः एक ढिक्का भएको हो ।

गत स्थानीय निर्वाचनमा पार्टीगत अन्तरघातकै कारण कांग्रेसको गढ भनिएका देवानगंजमा पालिकाको हार पछी कांग्रेसको आन्तरिक संगठनमा खटपट रहेको अवस्था थियो भने दक्षिणले कहिँले पनि संसदीय उम्मेदवार नपाएका भन्दै देवानगंजका युवा नेता कार्यकर्ताहरु रुष्ट बनेका थिए ।

तर ब्यक्ति/ब्यक्ति, समुह/समूह र खेमा/खेमाबीचको विभिन्न चरणको छलफलपछि पुनः कांग्रेस एक ढिक्का बनेको हो ।

पार्टी आन्तरिक अन्तरद्वन्द्वका कारण गत स्थानीय चुनावमा कांग्रेसका पालिका अध्यक्ष उम्मेदवार श्यामलाल मेहता सहित विभिन्न वडा अध्यक्षका उम्मेदवारहरु झिनो मतले हार ब्यहोर्नु परेको थियो ।

उक्त हारपछि कांग्रेसको प्रदेशसभा क्षेत्र सभापति श्यामलाल मेहता सहित वडा अध्यक्षका उम्मेदवारहरुका समूह रुष्ट बनेका थिए ।

त्यसपछि पुर्व पालिका अध्यक्ष लालीप्रसाद मेहता र सन्तोष भगतसहित ४१ जनालाई कारवाही सिफारिस गरिएको थियो ।

तर स्थानीय निर्वाचनको समिक्षा र कमि कमजोरी भएकाहरुले आत्मआलोचना गरेपछि उक्त कारवाही सिफारिस फिर्तासँगै त्यसपछि पुनः कांग्रेस एकढिक्का भएको देवानगंज सभापति जगधर यादवले बताए ।

“यसपटक भएको हारको क्षतिपुर्ती वापत अर्कोपटक सम्पुर्ण कांग्रेस एक ढिक्का भएर पालिका नेतृत्व पुनः लिने प्रतिबद्धता सहित कांग्रेसको अन्तरद्वन्द्व सकिएको हो” यादवले भने-“पार्टीको मूल नेतृत्वले अर्को पटक दक्षिणका पनि एकजना संसदीय उम्मेदवार हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्” ।

संघीयता सहितको लोकतान्त्रिक सरकार र संविधानको रक्षार्थ सिंङ्गो दक्षिणले यसपटक नेपाली कांग्रेसका उम्मेदवारहरुलाई मत दिने क्षेत्रीय सभापति मेहता बताए ।

“हामी अब पुराना कुरालाई बिर्सेर एक ढिक्का भएका छौं, आफ्ना उम्मेदवारलाई जिताउन अग्रसर भएका छौं, हामी फुट्दा बिपक्षीहरु खेल्ने मौका पाएको देखियो, हाम्रो काङ्ग्रेसले गरेको काम कार्यहरू ओझेलमा पार्ने प्रयास भयो मेहताले भने-“नेताहरूले प्रतिबद्धता पनि गरेका छन् अर्कोपटक एकजना दक्षिणकै युवा संसदीय उम्मेदवार हुने प्रतिबद्धता गरेका छन् । तसर्थ भौगोलिक समावेशिताको सम्बोधन भएको छ ।”

अन्तरास्ट्रिय स्तरको स्थापित पत्रकारिता पेसा छाडी औपचारिक राजनीतिमा आएका देवानगंजका वीरेन्द्रकुमार मेहता (केएम)ले पार्टीमा सामुदायिक समावेशितासँगै भौगोलिक एकता समेत हुनुपर्ने अभियान चलाउँदै आएका छन् ।

राजनीतिमा पुस्तान्तरण समेत हुनुपर्ने अभियानमा रहेका केएमले पनि पार्टीका उम्मेदवारलाई जिताउने अभियानमा लाग्ने प्रतिबद्धता गरेका छन् ।

पार्टीको आन्तरिक संगठनलाई सामुदायिक र भौगोलिक समावेशिताका लागि आफ्नो खबरदारी रहिरहने भएतापनी अहिले भने पार्टीका उम्मेदवारहरुलाई जिताउन तन मन धनले लाग्ने प्रतिबद्धता गरेका छन् ।

देवानगंजदेखि इटहरीसम्म रहेको सुनसरी २ को प्रतिनिधि सभा सदस्यका लागि सिताराम मेहता र प्रदेशसभामा राजिव कोइरालालाई उम्मेदवार बनाएको छ । त्यसैगरी प्रदेशसभाको उत्तरी क्षेत्रबाट गठबंधनका उम्मेदवार द्वारिकलाल चौधरी उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति: Nov 4, 2022

प्रतिक्रिया दिनुहोस्