Logo
६ चैत्र २०८०, मंगलबार
(September 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इटालीमा निर्वाचन : दक्षिणपन्थी नेतृ मेलोनी नयाँ प्रधानमन्त्री बन्ने अनुमान

इटालियनहरूले दोस्रो विश्वयुद्धपछिको आफ्नो सबैभन्दा दक्षिणपन्थी सरकार रोज्ने कि नदिने भन्ने निर्णय गर्दै छन् । इटालीको निर्वाचनलाई सम्पूर्ण युरोपले नै नजिकबाट निहालेको छ । इटालीको अति दक्षिणपन्थी ब्रदर्स अफ इटाली पार्टीको नेतृत्व गरेकी जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने धुनमा छ ।

यस पार्टीले दक्षिणपन्थी अन्य दुई पार्टीहरूसँग गठबन्धन गरेको छ । उनले आफ्नो छवि नरम पारेकी छिन् र इटालीको फासिस्ट विगतसँग जोडिएकोमा आपत्ति जनाएकी छिन् । उनी रुसमाथि पश्चिमी प्रतिबन्धको समर्थन गर्दै आएकी छिन् ।

निर्वाचन जारी छ । निर्वाचन सम्पन्न भएपछि हुने एक्जिट पुल्सअघि नै मेलोनी नयाँ प्रधानमन्त्री हुने अनुमान हुन थालेको छ । राजधानी रोमबाट एकघन्टा टाढा रहेको लाटिना सहरमा दक्षिणपन्थीले बामपन्थीको मत ल्याउने पर्यवेक्षकहरुले अनुमान गरेका छन् ।

प्रकाशित मिति: Sep 25, 2022

प्रतिक्रिया दिनुहोस्