Logo
३१ बैशाख २०८१, सोमबार
(September 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिवंगत एलिजाबेथ द्वितीयको आज अन्तेष्टि

गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टि आज हुने भएको छ । महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ ।

विश्व नेता, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजात वर्ग र सेना, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरू  अन्त्येष्टिमा सामेल हुनेछन् । महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि चाल्र्स तृतीय बलायतको नयाँ राजा बनेका छन् ।

प्रकाशित मिति: Sep 19, 2022

प्रतिक्रिया दिनुहोस्