Logo
१९ बैशाख २०८१, बुधबार
(July 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘जुग जुग जियो’ फिल्म सय करोडको क्लबमा सामिल

वरुण धवन र कियारा अड्वानी अभिनित फिल्म ‘जुग जुग जियो’ सय करोड क्लबमा समावेश भएको छ।

भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले विश्वव्यापी रुपमा एक सय करोड भारु कमाएको हो । यो फिल्म सय करोड क्लबमा समावेश भएपछि अभिनेता वरुण धवनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन्।

ुहामी सय करोड पार भयौं। तपाईंहरू सबैलाई जति धन्यवाद भने पनि कम हुन्छ। सबै जुग जुग जियो…,’ उनले लेखेका छन्।

फिल्मले राम्रो समीक्षा पाए पनि दर्शकको राम्रो साथ पाउन सकेको छैन। भारतीय बक्स अफिसमा फिल्मको व्यापार दिन प्रतिदिन खस्किँदै गइरहेको छ। प्रदर्शनमा आएको ११ दिनमा फिल्मले भारतीय बक्स अफिसमा ६१ करोड ४४ लाख भारतीय रुपैयाँ कमाएको छ।

६० करोड लगानीमा बनेको फिल्मले ९ करोड २८ लाख भारतीय रुपैयाँको ओपनिङ गरेको थियो।

राज मेहताले निर्देशन गरेको फिल्ममा वरुण र कियारासँगै अनिल कपूर, नीतु कपूर, मनिष पल, वरुण सूद, प्राजक्ता कोलीलगायत कलाकारको अभिनय छ।

केही समयअगाडि कियारा अड्वानी अभिनित फिल्म ुभुल भुलैया २ु प्रदर्शन भएको थियो। यो फिल्मले पनि बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

प्रकाशित मिति: Jul 4, 2022

प्रतिक्रिया दिनुहोस्