Logo
१५ चैत्र २०८०, बिहीबार
(June 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० सेकेन्डसम्म एउटा खुट्टामा उभिन नसक्नेलाई मृत्युको जोखिम उच्च

तपाइँमा एउटा मात्र खुट्ट टेकेर केही बेर उभिने बानी छ कि छैन् ? यदि छैन् भने केही सेकेन्डका लागि भए पनि उभिने प्रयास गर्ने कि ? किनकी एउटा पछिल्लो अध्ययनले कम्तीमा १० सेकेन्ड एउटा खुट्टामा उभिन नसक्ने वयस्क व्यक्तिमा मृत्युको जोखिम हुने गर्छ । ब्रिटिश जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनमा यस्ताे दाबी गरिएको हो ।
बिनासहयोग उभिनेभन्दा साधारण सन्तुलन परीक्षणको साथ संघर्ष गर्ने स्वयंसेवकहरूमा आगामी १० वर्षमा मृत्यु हुने सम्भावना ८४ प्रतिशत रहेको अन्वेषकहरूले बताएका छन्।

सन् २००९ मा ब्राजिलमा ५० वर्षभन्दा माथिका १ हजार ७०२ व्यक्तिहरूमा गरिएको फिटनेस र स्वास्थ्यको अध्ययनबाट उक्त नतिजा आएको हो । सहभागीहरूलाई एउटा खुट्टा उठाएर जमिन नछोइकन तल्लो खुट्टाको पछाडि राख्न भनिएको थियो । त्यस्तै, आफ्ना हातहरू छेउमा राखेर अगाडि हेर्न भनिएको थियो ।

सहभागीलाई तीन पटकसम्म त्यसो गर्न भनिएको थियो । पाँच जनामध्ये एक जना परीक्षणमा फेल खाएका थिए । फेल खानेहरु कमजोर स्वास्थ्य अवस्थाका थिए ।
विश्वभर लडेर हरेक वर्ष ६ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार १० सेकेन्डको परीक्षणले मात्र जोखिममा परेकाहरूलाई सजिलैसँग पहिचान गर्न मद्दत गर्न सकिन्छ ।

प्रकाशित मिति: Jun 23, 2022

प्रतिक्रिया दिनुहोस्