Logo
६ जेष्ठ २०८१, आईतबार
(June 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बो सिंह पुन : शिलु महाद्य : मा स्थानान्तरण

भक्तपुर नगरपालिका-७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको बो सिंह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको छ ।

भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको संयुक्त पहल र स्थानीय जनताको सहभागितामा शनिबार उक्त बो सिंहहरु पुरानै ठाउँमा राख्नको लागि निकालिएको हो ।

शनिबार करिब १२ः०० बजे भक्तपुरको गोल्मढीका स्थानीय जनताले परम्परागत शैलीमा बाजागाजासहित गोल्मढीमा रहेको बो सिंहको मूर्ति पुनः शिलु महाद्यः मा स्थानान्तरण गरेका थिए ।

स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाले गोल्मढीको गःहिटीमा एक जोडी नयाँ बो सिंह पुनःस्थापन समेत गरेको थियो । उक्त बो सिंहहरु क्रेनको सहायताले झिकिएको थियो ।

प्रकाशित मिति: Jun 20, 2022

प्रतिक्रिया दिनुहोस्