Logo
६ जेष्ठ २०८१, आईतबार
(June 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लगान’लाई यूकेमा ब्रोडवे शोका रुपमा रुपान्तरण गर्ने तयारी

आमिर खानको फिल्म ‘लगान वन्स अपन ए टाइम’ले बुधबार रिलिजको २१ वर्ष पूरा गरेको छ । अब यो फिल्मलाई यूकेमा ब्रोडवे शोका रुपमा रुपान्तरण गर्ने तयारी भइरहेको छ ।

ब्रिटेनका कैयौं प्रमुख निर्माताहरूले आमिर खान प्रोडक्सन्ससँग अधिकारका लागि अनुरोध गरेका छन् । अनुरोधसँगै आमिरको टिमले वेस्ट एण्ड थिएटरको विषयमा चाँडै अन्तिम निर्णय दिनेछन् ।

वेस्ट एण्ड थिएटर ब्रोड वे शोको बराबर हो, जुन विश्वभरमा सबैभन्दा ठूलो र लोकप्रिय थिएटरमध्ये एक हो ।

फिल्मका निर्माताहरूले अलग किसिमका योजना बनाएका छन् । शोमार्फत विश्वव्यापी यात्रा गर्ने योजना पनि उनीहरूको छ । जहाँ फिल्मका प्रमुख कलाकार सहभागी हुनेछन् ।

‘लगान’ भारतको औपनिवेशिक ब्रिटिश राजको समयदेखि भिक्टोरियन कालसम्मको १८९३ को कथामा आधारित छ । फिल्मका निर्देशक आशुतोष गोवारिकर हुन् ।

प्रकाशित मिति: Jun 16, 2022

प्रतिक्रिया दिनुहोस्