Logo
२४ बैशाख २०८१, सोमबार
(June 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिल्ला अस्पताल लमजुङमा झाडापखालाका विरामी बढे

गर्मी बढेसँगै गण्डकी प्रदेश स्थित लमजुङ जिल्ला अस्पतालमा विरामीको चाप बढेको छ । अस्पतालका प्रसाशन प्रमुख हेमन्त श्रेष्ठका अनुसार हाल दैनिक तीन सय ५० देखि तीन सय ८० जना विरामी अस्पतालमा आउने गरेका छन् ।

गर्मी बढेसँगै अस्पतालमा झाडापखालाका विरामीको चाप बढेको छ । दैनिक रूपमा ५० भन्दा बढी झाडापखालाका विरामी अस्पतालमा चेकजाँचका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

गर्मीका कारण खानपान तथा पिउने पानीमा विशेष ध्यान नदिँदा झाडापखालाका विरामीको चाप बढेको अस्पतालका डा. विष्णु अर्यालको भनाइ छ । यस्तै, अस्पतालमा हाडजोर्नी, आँखा, दाँत, पेटसम्बन्धी समस्या, महिला रोगसम्बन्धी समस्या भएकालगायतका विरामी आउने गरेका छन् । अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ ।

प्रकाशित मिति: Jun 9, 2022

प्रतिक्रिया दिनुहोस्