Logo
१३ बैशाख २०८१, बिहीबार
(May 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेम सम्बन्ध गाँस्नु पहिले पार्टनरलाई सोध्नुस् यी ६ प्रश्न

कसैसँग प्रेम सम्बन्धमा बस्ने निर्णय लिनु सबैभन्दा महत्वपूर्ण निर्णय हो । प्रेम सम्बन्धमा बसेपछि धेरै जना पछुताउने पनि गर्छन् । कारण उनीहरुले एकअर्काको बारेमा राम्ररी बुझेका हुँदैनन् ।

कसैसँग सम्बन्ध गाँस्नु छ वा नजिक हुनु छ भने त्यसबारे गहिरिएर सोच्नुपर्छ । र, साथीभाइसँग सल्लाह लिनुपर्छ । ताकि भविष्यमा गएर त्यो निर्णयले पछुताउनु नपरोस् ।

सम्बन्धलाई शरीरसँग मात्र जोडेर हेर्नु हुँदैन । यो मानसिकता र भावनासँग बढी जोडिएको हुन्छ । अर्थात् यसमा बढी भावना, विश्वास र मनोविज्ञानले काम गर्छ । सम्बन्धमा बस्दा पहिले आफू ढुक्क हुनुपर्छ र आफ्नो साथीलाई राम्ररी चिनेको बुझेको हुनुपर्छ ।

सम्बन्ध बनाउनुभन्दा पहिले सहकर्मीलाई सोध्नुस् यी ६ प्रश्न :

  1. के यो सही समय हो ?

यदि कसैसँग सम्बन्ध बन्यो वा भयो भने उसप्रति विस्तारै भावनाहरु जोडिंदै जान्छन् । एकअर्काप्रति आकर्षित हुन्छन् । कसैसँग नजिक हुन चाहनुहुन्न भने सम्बन्धबाट बच्न सकिन्छ । सम्बन्धमा बस्नु पहिला त्यो व्यक्तिबारे बुझ्न जरुरी हुन्छ । एकअर्कालाई नबुझी गाँसिएको सम्बन्धले पछि दुःख दिन सक्छ ।

शारीरिक सम्बन्धपछि पनि केही व्यक्ति निकै नजिक हुन्छन् । जसले पछि समस्या निम्त्याउन सक्छ । यसबारे ध्यान दिन जरुरी छ ।

  2. यो व्यक्ति मेरो रोजाइ हो ?

कसैसँग नाता सम्बन्ध बनाउनुभन्दा पहिला यो व्यक्ति मेरा लागि ठीक छ कि छैन भनेर आफैंलाई प्रश्न गर्नुपर्छ । धेरै मानिस शारीरिक रुपमा आकर्षित भएर पनि सम्बन्ध बनाउन चाहन्छन् । तर शारीरिक आकर्षको पछि लागेर गाँसिएको सम्बन्ध दिगो नहुन सक्छ । शरीर आकर्षक भए पनि उसको मन र व्यवहार पछि गएर बदलिन सक्छ ।

आफूलाई मन परेको व्यक्तिका बानी, व्यवहार तथा लतका बारेमा ध्यान दिएर अघि बढ्ने विचार गर्नुपर्छ । आकर्षणबाट बनेको सम्बन्धले क्षणिक आनन्द दिए पनि पछि गएर तनाव र झमेला झेल्नुपर्ने हुनसक्छ । त्यसैले सम्बन्धमा बस्नु पहिला आफैंलाई प्रश्न गर्नु आवश्यक छ ।

 3. शारीरिक सम्बन्ध बनाउनु ठीक हुन्छ वा हुँदैन ?

कसैसँग नजिक भइसकेपछि शारीरिक सम्बन्ध हुनसक्छ । यस्तोमा शारीरिक सम्बन्ध राख्नका लागि आफ्नो मन, नौतिकता र उमेरले दिने नदिने कुरा ख्याल गर्नुपर्छ । सम्बन्ध बनाउनु पहिला आफू मानसिक रुपमा तयार रहे नरहेको कुरामा ध्यान दिनुपर्छ । यसका साथै सहकर्मी अरुसँग जोडिए नजोडिएकोबारे पनि ध्यान दिनुपर्छ ।

एकअर्कालाई सोध्नुपर्ने कुरा

4. हामीले एकअर्काका लागि कति महत्व राख्छौं ?

सम्बन्ध बनाउनुभन्दा पहिले एकअर्कालाई राम्ररी बुझ्नुपर्छ । दुवैको सोच, आनीबानी र व्यवहार मिल्ने नमिल्ने कुराबारे विचार गर्नुपर्छ । सम्बन्ध बनाउनुभन्दा पहिला उनी एकल भए नभएको बारे थाहा पाएर मात्रै अगाडि बढाउनुपर्छ ।

पछिल्लो पटक एचआईभीको परीक्षण कहिले भएको थियो ?

यो कुरा धेरैलाई अचम्म लाग्न सक्छ । तर पछिल्लो समय जनचेतनाको विकास र प्रविधिको विकासका कारण मान्छे स्वास्थ्यप्रति सजग हुन थालेका छन् । यस्तोमा उनीहरुले एकअर्काको स्वास्थ्यका बारेमा जान्न आवश्यक हुन्छ । यदि दुवैको स्वास्थ्यका कुनै समस्या नभए सम्बन्ध अगाडि बढाउन सकिन्छ ।

5. अस्थायी साधनका रुपमा के प्रयोग गर्ने ?

सम्बन्धमा रहँदा अनावश्यक गर्भ रहनबाट सचेत रहनुपर्छ । यसले आकस्मिक गर्भ रोक्नुका साथै अन्य संक्रमक रोगबाटसमेत बचाउन मद्दत गर्छ । अस्थायी साधनको प्रयोगबारे दुवैले सल्लाह गरी दुवैलाई सहज हुने साधनको प्रयोग गर्न सक्छन् ।

अधिकांश पुरुष अस्थायी साधन प्रयोग गर्न मन पराउँदैनन् । यस्तोमा पार्टनरको सल्लाह लिएर अघि बढ्नु आवश्यक हुन्छ, जसले दुवैलाई फाइदा पुगोस् ।

प्रकाशित मिति: May 25, 2022

प्रतिक्रिया दिनुहोस्