Logo
१८ बैशाख २०८१, मंगलबार
(April 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध गभर्नर अधिकारी गए सर्वोच्च अदालत

 निलम्बित गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत गएका छन् ।

आफूमाथिको छानबिन समिति गठन गैर कानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत सरकारको निर्णय खारेजीका लागि अधिकारी सर्वोच्च गएका हुन् ।

गएको चैत २५ गते सरकारले अधिकारीमाथि छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नर पदबाट निलम्बित भएका हुन् । अधिकारीको रिट निवेदन तयार गरेर उनका वकिल सर्वोच्च गएका छन् ।

सर्वोच्च स्रोतका अनुसार अधिकारीका तर्फबाट दायर रिट आज दर्ता नहुने भएको छ । रिट भोलि दर्ता भएपछि प्रक्रियाअनुरूप पेसी तोकिने छ ।

प्रकाशित मिति: Apr 17, 2022

प्रतिक्रिया दिनुहोस्