Logo
१८ बैशाख २०८१, मंगलबार
(April 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने ओलीको दाबी

निर्वाचनमा बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने नेकपा एमाले केपी ओलीले दाबी गरेका छन् ।

शुक्रबार लमजुङको‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे ।

जनताको आकर्षण एमालेमा रहेको भन्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहोर्‍याए । जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई प्रतिपक्षमा पुर्‍याएको आरोप लगाउँदै उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए ।

प्रकाशित मिति: Apr 15, 2022

प्रतिक्रिया दिनुहोस्