Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा, थिमीमा आजै सिन्दुरजात्रा मनाइँदै

भक्तपुरको प्रसिद्ध बिस्कट जात्राका क्रममा आज बोडेमा जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष वैशाख २ गते मध्यपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाउने परम्परा छ ।

यस वर्ष पनि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नै जिब्रो छेड्ने भएका छन् । यो वर्ष उनले नवौं पटक जिब्रो छेडाउन लागेका हुन् ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् भने व्रत सुरू भएदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने मान्यता रहेको छ ।

जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनदेखि नून समेत नखाने चलन छ ।जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भनेर बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ ।

पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले जिब्रो छेडिदिने गर्दछन् । एक महिना अघिदेखि तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेने गरिन्छ ।

त्यसपछि जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने गर्दछ ।

यसैगरी बिस्काः जात्राकै त्रममा आजै थिमिमा सिन्दुर जात्रा पनि मनाइँंदैछ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ ।

जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाउने चलन छ ।

प्रकाशित मिति: Apr 15, 2022

प्रतिक्रिया दिनुहोस्