Logo
५ जेष्ठ २०८१, शनिबार
(April 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसले मानवअधिकारको क्षेत्रमा काम गरीरहेका १५ वटा गैरसरकारी संस्थालाई बन्द गर्ने

रुसले १५ वटा पश्चिमा गैरसरकारी संस्थालाई बन्द गर्ने भएको छ ।

रुसले मानवअधिकारको क्षेत्रमा काम गर्ने एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने घोषणा गरेको हो ।

संयुक्त राष्ट्रसङ्घ महासभाले युक्रेनमा गरेको गम्भीर मानवअधिकार उल्लङ्घन र अत्याचारलाई लिएर रुसलाई राष्ट्रसङ्घीय मानव अधिकार नियोग (युएनएचसिआर) बाट निलम्बित गरेको छ ।

जवाफमा रुसले मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने घोषणा गरेको हो ।

रुसको कानुन उल्लङ्घन गरेकाले ती संस्थाहरु बन्द गर्ने निर्णय गरिएको रुसी न्याय मन्त्रालयले जनाएको छ, तर कुन कानुन कसरी उल्लङ्घन गरे भन्ने खुलाएको छैन ।

एमनेन्स्टी इन्टरनेशनलकी निर्देशक एग्नेस कालामार्डले सत्य बोलेका कारण रुसले आफूहरुलाई निशाना बनाएको बताएकी छन्।तर सत्य बाहिर ल्याउने कार्यमा आफूहरु थप सक्रिय भएर लाग्ने उनले उल्लेख गरिन् ।

प्रकाशित मिति: Apr 10, 2022

प्रतिक्रिया दिनुहोस्