Logo
५ जेष्ठ २०८१, शनिबार
(April 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनको ट्रेन स्टेशनमा रकेट हमलामा ३० जनाको मृत्यु, सयभन्दा बढी घाइते

पूर्वी युक्रेनको क्रामास्टोर्क सहरको ट्रेन स्टेशनमा रकेट हमला हुँदा ३० जनाको मृत्यु भएको छ । उक्त घटनामा एक सयभन्दा बढी घाइते भएका छन् ।

उक्त स्टेसन युक्रेनी आम मानिसहरूले सहर छोड्नको लागि प्रयोग गर्दै आएको संचारमाध्याम एपीएफले जनाएको छ ।

शुक्रवार भएको उक्त रकेट हमला सहर छोडेर बाहिर जान चाहेका युक्रेनी नागरिकहरूलाई लक्षित गर्दै रुसद्वारा प्रहार भएको एपीएफको रिपोर्टमा उल्लेख छ ।

पछिल्लो समय रुस माथि युद्ध अपराध र मानव अधिकार हननको आरोप लागिरहेको अवस्थामा यो घटना सार्वजनिक भएको हो ।

रुसले युक्रेनको बुचा सहरमा पनि आम मानिसहरूको हत्या गरी युद्ध अपराध गरेको बताइएको छ जसका कारण हालै मात्र रुसलाई मानव अधिकार परिषद्बाट समेत निलम्बित गरिएको छ ।

 

प्रकाशित मिति: Apr 8, 2022

प्रतिक्रिया दिनुहोस्