Logo
५ जेष्ठ २०८१, शनिबार
(April 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कङ्गोको एक रेस्टुरेन्टमा भएको विस्फोटमा ६ जनाको मृत्यु, १५ घाइते

कङ्गोको एक रेस्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएका छन् ।कङ्गोको उत्तरी किभु प्रान्तको एक रेस्टुरेन्टको बारमा सो विस्फोट भएको थियो ।

घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो विस्फोटका कारण रेस्टुरेन्टमा पनि ठुलो क्षति पुगेको छ ।

कङ्गोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिएका छन्। उनले भनेका छन् -घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ ।

सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको जानकारी पनि उनले दिए । मन्त्री मुइयाले शान्तपूर्वक बस्न नागरिकलाई आग्रह गरेका छन्।

यस विषयमा अनुसन्धान जारी रहेकाले अहिले नै सो विस्फोटबारे केही भन्न नसकिएको उनले बताएका छन् ।

प्रकाशित मिति: Apr 8, 2022

प्रतिक्रिया दिनुहोस्