Logo
५ जेष्ठ २०८१, शनिबार
(April 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रसङ्घीय मानव अधिकार परिषदबाट रुस निलम्बित

राष्ट्रसङ्घीय मानव अधिकार परिषदबाट रुस निलम्बित भएको  छ ।

बिहीबार राष्ट्रसङ्घको महासभामा भएको निर्वाचनमा ९३ मुलुकले रुसलाई मानव अधिकार परिषदबाट हटाउने पक्षमा मतदान गरेसँगै रुस मानव अधिकार परिषदबाट निलम्बित भएको हो ।

मतदानपछि राष्ट्रसङ्घका लागि रुसका सहायक स्थायी प्रतिनिधि जेनाडी कुजमिनले यो कदम ‘नाजायज र राजनीतिक पूर्वाग्रही’ कदम भएको टिप्पणी गर्दै रुस मानव अधिकार परिषदबाट बाहिरिएको घोषणा गरेका छन् ।

युक्रेनी सहर बुचामा भएको मानव अधिकार उल्लङ्घनको घटनालाई लिएर संयुक्त राष्ट्रसङ्घले यो निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घमा रुसलाई निलम्बन गर्ने प्रस्तावमा ९३ देशले समर्थन गरेका थिए।यस्तै, २४ वटा देशले विपक्षमा मतदान गरेका थिए। ५८ देश मतदानमा अनुपस्थित रहे।

यो मतदानमा भारत र नेपाल तटस्थ रहेका थिए । चीन भने निलम्बनको विपक्षमा उभिएको थियो ।युक्रेनमाथि रुसले २४ फेब्रुअरीमा आक्रमण गरेको थियो।

युक्रेनले रुसको सैनिकमाथि बुचा सहरमा सयौँ नागरिकलाई मारेको आरोप लगाएको थियो।रुसलाई मानव अधिकार परिषद्‌बाट हटाउनका लागि प्रस्ताव अमेरिकाले ल्याएको हो ।

प्रकाशित मिति: Apr 8, 2022

प्रतिक्रिया दिनुहोस्