Logo
१५ बैशाख २०८१, शनिबार
(April 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको उत्तर प्रदेशका कुकुरले मान्छे खान थालेपछि स्थानीयमा फैलियो आतंक !

छिमेकी मुलुक भारतको उत्तर प्रदेश (यूपी) मा कुकुरले मान्छे खान थालेपछि स्थानीय स्तरमा आतंक फैलिरहेको छ । युपीका भुषिया कुकुरले पाँच वर्षकी एक बालिकालाई सिकार बनाएको छ । यस घटनापछि स्थानीय स्तरमा अहिले आतंक फैलिएको छ ।

यसैगरी हापुुडको जनपद निवासी एक व्यक्ति जेपीनगरस्थित ससुराल गएका थिए, जहाँ भुस्याहा कुकुरको आक्रमणमा उनका ९ वर्षीय छोराको ज्यान गएको थियो ।

चिलकाना क्षेत्रमा पर्ने बुड्ढाखेडा गाउँमा जावेद नाम गरेका व्यक्ति आइतबार साँझ घरबाट पसलतर्फ गएका थिए । घर पसलबीच खाली खेत छ ।

पाँच वर्षकी छोरी शिफा उनको पछिपछि आएकी थिइन् । छोरी पछिपछि आइरहेको उनलाई थाहा थिएन । यसैबीच जब छोरी खेतमा पुगिन्, भुस्याहा कुकुरको समूहले ती बालिकामाथि आक्रमण गरेको थियो ।

कुकुरले उनलाई घिसारेर अर्को खेतमा लगेको थियो । यो घटनामा उनको तत्कालै मृत्यु भएको थियो । राति जब जाबेद पसलबाट फर्केर आए, छोरीलाई घरमा भेटेनन् ।

परिवारले छोरी उनको पछिपछि नै गएको बताए । त्यसपछि परिवार र गाउँका मानिसले बालिकाकोे खोजी गरे । धेरै समयको खोजीपछि बालिकाको शव खेतमा क्षत विक्षत अवस्थामा प्राप्त भएको थियो ।

बालिकाको शव फेला परेपछि परिवारमा आतंक मच्चिएको थियो । परिवारले प्रहरीलाई यस घटनाको बारेमा सूचित गरेपछि राति अबेर बालिकाको अन्त्येष्टि गरिएको छ ।

 

प्रकाशित मिति: Apr 6, 2022

प्रतिक्रिया दिनुहोस्