Logo
५ जेष्ठ २०८१, शनिबार
(April 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र सङ्घको सुरक्षा परिषदबाट रुसलाई हटाउन युक्रेन राष्ट्रपति जेलेन्स्कीको माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई राष्ट्र सङ्घको सुरक्षा परिषदबाट हटाउन माग गरेका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेयता जेलेन्स्कीले पहिलो पटक राष्ट्र सङ्घको सुरक्षा परिषदमा सम्बोधन गर्दै रुसलाई सुरक्षा परिषदबाट हटाउन माग गरेका हुन् ।

अमेरिकाले रुसलाई राष्ट्र सङ्घको मानवअधिकार परिषदबाट हटाइनुपर्ने माग दोहोर्‍याएको छ ।यसैबीच रुसले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपपछि अमेरिका र युरोपेली संघले रुसमाथि थप प्रतिबन्ध घोषणाको तयारी गरेका छन् ।

ह्वाइट हाउसका प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्था, अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताएका छन् ।

वासिङ्टनले रुसको सबैभन्दा ठूलो ब्याङ्कमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।बुचामा तीन सयभन्दा धेरै नागरिकलाई यातना दिएको युक्रेनको दाबी छ । तर रुसले यो आरोपलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

 

प्रकाशित मिति: Apr 6, 2022

प्रतिक्रिया दिनुहोस्