Logo
५ जेष्ठ २०८१, शनिबार
(April 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलङ्काका राष्ट्रपति राजपाक्षेले गरे चार मन्त्री नियुक्त

आइतबार सरकारका सबै २१ जना मन्त्रीले राजीनामा दिएपछि आज श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षेले चार मन्त्री नियुक्त गरेका छन् ।

देशको आर्थिक सङ्कट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका राष्ट्रपतिले चार मन्त्री नियुक्त गरेका हुन् ।

उनीहरूले शपथ पनि लिएका छन् ।तर राष्ट्रपतिले आफ्ना भाइ वासिल गोटबायालाई भने मन्त्रिपरिषद्मा स्थान दिएका छैनन् । यसअघि उनका भाइ वासिल वित्त मन्त्री थिए ।

राष्ट्रपति गोटाबाया, प्रधानमन्त्री महिन्द राजपाक्षे, वासिल दाजु भाइ हुन् । बासिलको ठाउँमा अली साबरीलाई वित्त मन्त्री बनाइएको छ ।

राष्ट्रपति गोटाबायाले देशको आर्थिक सङ्कटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई सरकारमा आउन आह्वान गरेका थिए ।

देशको आर्थिक सङ्कट समाधानका लागि काम नगरेको भन्दै नागरिक स्तरबाट राजपाक्षे दाजुभाइको राजीनामा मागेर प्रदर्शन भइरहेको छ ।

प्रदर्शन हिंसात्मक बनेपछि श्रीलङ्कामा सङ्कटकाल लगाइएको छ । मुख्य सहरमा कर्फ्यु आदेश जारी गरिएको छ । सामाजिक सञ्जाल प्रयोगमा रोक लगाइएको छ । कर्फ्यु तोडेर नै प्रदर्शनकारी सडकमा निस्किएका छन् ।

प्रकाशित मिति: Apr 4, 2022

प्रतिक्रिया दिनुहोस्