Logo
५ जेष्ठ २०८१, शनिबार
(April 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक संकट समाधानका लागि सबै दललाई सरकारमा सहभागी हुन श्रीलंकाली राष्ट्रपतिको अपिल

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।श्रीलंकाका राष्ट्रपतिले देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन ।

उनले देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै दलहरुलाई सरकारमा सहभागी हुन निम्तो दिएका हुन् ।

आइतबारराति सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए । देशको आर्थिक संकट समाधानका लागि काम नगरेको भन्दै नागरिकस्तरबाट प्रदर्शन सुरु भएपछि उनीहरले राजिनामा दिएका हुन् ।

५ वर्षका लागि प्रत्यक्ष निर्वाचित श्रीलंकाका राष्ट्रपतिलाई जुनसुकै बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद विघटन र गठन गर्ने अधिकार छ ।

गत बिहीबार आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति राजपाक्षेको निजी निवास घेराउका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गरेका थिए । त्यसपछि सरकारले देशभर संकटकाल लगाएको छ ।

 

प्रकाशित मिति: Apr 4, 2022

प्रतिक्रिया दिनुहोस्