Logo
१७ बैशाख २०८१, सोमबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिकेटर कमल सिंह ऐरीको अप्रेसन, ६ हप्ता खेल्न नसक्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमल सिंह ऐरीको देब्रे कुमको हड्डी भाँचिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिवार भएको मलेसियासँगको खेलका क्रममा उनलाई कुममा चोट लागेको छ ।

उनको नेपाल नेशनल हस्पिटल कलङ्कीमा परीक्षण गर्दा उनको कुमको हड्डी भाँचिएको पत्ता लागेपछि आइतबार बिहान शल्यक्रिया गरिएको छ ।

डा.नीरज केपी र डा. निराज केसीले उनको उपचार गरेका र उनको अवस्था अहिले सामान्य रहेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

२१ वर्षका ऐरीलाई निको हुन कम्तीमा पनि ६ हप्ता लाग्ने क्यानले जनाएको छ ।मलेसियासँगको खेलमा ऐरीले २ ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिएका थिए ।

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्