Logo
१२ जेष्ठ २०७९, बिहीबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पीएनजीलाई ३७ रनले पराजित गर्दै नेपालको तेस्रो जित !

नेपालले पीएनजीलाई ३७ रनले पराजित गर्दै जीत तेस्रो जित हासिल गरेको छ ।

क्रिकेटर करण केसीको ह्याट्रिकमा त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)सँग खेलिरहेको नेपालले लगातार तेस्रो जित हात पारेको हो ।

पपुवा न्युगिनी (पीएनजी)’सँग टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन जोडेको थियो।

नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६६ रनमा समेटिएको हो।

पीएनजीलाई १६६ रनमा रोक्नका लागि नेपालका करणले ३.४ ओभर बलिङ् गर्दै ५ विकेट लिए। त्यस्तै अविनाश बोहरा र सोमपाल कामीले समान २/२ विकेट लिए।

त्यस्तै नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६० र मोहम्मद अदिल अलामले २० रन जोडे । यस्तै ‌कुशल भुर्तेल १७ रन, रोहित पौडेल ४१ रन र ‌आशिफ शेख ३८ रन जोडे ।

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्