Logo
५ जेष्ठ २०८१, शनिबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनी राजधानी किभमा आक्रमण घटाउने रुसको घोषणा

रुसले युक्रेनी राजधानी किभ आसपासको क्षेत्रमा आक्रमण उल्लेख्य रुपमा घटाउने घोषणा गरेको छ ।टर्कीमा युक्रेनसँगको वार्ता सकारात्मक बनेको सन्देश आएलगत्तै रुसले आपसी विश्वासको वातावरण बनाउन भन्दै राजधानी युक्रेन र उत्तरी शहर चर्नीभमा आक्रमण घटाउने बताएको हो ।

तर कुन मात्रामा र कसरी आक्रमण घटाउने हो भन्ने चाहीँ अझै अस्पष्ट नै छ ।युक्रेनी राजधानी घेरा हालेर बसेको रुसी सेनाले पटक पटक युक्रेनी सेनाबाट धक्का पनि खाँदै आएको छ भने रुसी सेनाले किभबाट रुसी सिमा जोडिने दक्षिणी भू–भागमा कब्जा जमाउने उद्देश्य राखेको विश्लेषण गर्ने गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि रुसी भनाइमा विश्वास गरिहाल्ने अवस्था नरहेको बताएका छन् । उता, अमेरिकाले पनि रुसको घोषणा अनुसार रुसी सेना तत्काल किभको सिमाबाट हट्ने संकेत नदेखिएको भन्दै थप सतर्क रहन युक्रेनी सेनालाई सल्लाह दिएको छ ।

यता, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि रुसले फरक रणनीति अपनाउन सक्ने भन्दै आक्रमण रोकिएको यथेष्ट प्रमाण नदेखिएसम्म विश्वास गर्न नहुने बताए ।

यसैबीच, चार वटा युरोपेली देशहरुले रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गर्ने बताएका छन् । आयरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड र चेक रिपब्लिकले रुसी कूटनीतिज्ञहरु गुप्तचरीमा सक्रिय रहेको आरोप लगाउँदै उनीहरुलाई देश निकाला गर्ने बताएका हुन ।

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्