Logo
५ जेष्ठ २०८१, शनिबार
(March 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनका राष्ट्रपतिको चिठीप्रति पुटिन आक्रोशित हुँदै भने : ‘म उनीहरूलाई वर्वाद गर्नेछु’

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको लिखित चिठीप्रति रुसी राष्ट्रपति भ्ल्यादिमीर पुटिन आक्रोशित भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले पुटिनलाई चिठी लेख्दै युद्ध अन्त्य गरी शान्ति प्रक्रियामा जाने बताएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको लिखित चिठीप्रति रुसी राष्ट्रपति पुटिन रिसाउनुका साथै आक्रोशित हुँदै उक्त चिठीको जवाफमा ‘म उनीहरूलाई वर्वाद गर्नेछु भनेका छन् ।

रुस र युक्रेनबीचको युद्ध सुरु भएको आज (मंगलबार) ३४ दिन पूरा भएको छ । युक्रेनी राष्ट्रपति र रुसी राष्ट्रपति दुवै प्रत्यक्ष बैठकका लागि इस्तानबुल पुगेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युद्धविरामका लागि पुटिनसँगको बैठक आवश्यक रहेको बताएका छन् ।जेलेन्स्कीले आफ्नो देशमा शान्ति चाहिएको बताउँदै आएका छन् ।

तर रुसी राष्ट्रपति पुटिनले आवश्यक सर्तमा सहमति गरेपछि मात्र भेट्न सक्ने बताएका छन् ।अर्कोतर्फ रुसी सेनाले युक्रेनका प्रमुख सहरहरूमा लगातार बमबारी गरिरहेको छ । हवाई हमलासँगै स्थलगत लडाई पनि भईरहेको छ ।

त्यस्तै, युक्रेनको मारियुपोल शहरमा करिब ५ हजार जना मानिसको मृत्यु भएको छ भने डेढ लाख मानिस अलपत्र परेका छन् ।

प्रकाशित मिति: Mar 29, 2022

प्रतिक्रिया दिनुहोस्