Logo
२३ बैशाख २०८१, आईतबार
(March 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशौँ संशोधन नियमावलीको स्वीकृत भएसँगै २१ हजार प्रहरीको बढुवा गर्न खुल्यो बाटो

नेपाल प्रहरी नियमावलीको दशौँ संशोधन सरकारले स्वीकृत गरेसँगै तल्लो तहका २१ हजार प्रहरीको बढुवा गर्न बाटो खुलेको छ ।

सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रहरी नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको हो ।

सरकारले मनोबल बढाउन भन्दै नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपेको थियो । तर नियमावलीअनुसार यो पदमा बढुवा गर्न एक वर्षको कार्यसम्पादन मूल्याङ्कन हेर्नुपर्ने थियो ।

त्यसलाई सम्बोधन गर्न सरकारले प्रहरी नियमावलीमै संशोधन गर्ने निर्णय गरेको हो । एक पटकका लागि जेष्ठताका आधारमा बढुवा गर्ने गरी नियमावलीमा संशोधन गरिएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

प्रकाशित मिति: Mar 21, 2022

प्रतिक्रिया दिनुहोस्