Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन फिल्म ‘२ नम्बरी’ बाट हटिन् बर्षा राउत !

फिल्म २ नम्बरी मा बलात्कारको आरोपमा हिरासतमा रहेको अभिनेता पलशाहलाई हटाइ अभिनेता सौगात मल्ल भित्र्याएसँगै त्यस फिल्मा अभिनेत्री पनि परिर्वन हुने संकेत भएको छ ।

निर्माण युनिटले अहिले रहेकी अभिनेत्री बर्षा राउतको ठाउँमा अर्की नायिका भित्र्याउने तयारी गरेको हो ।यस अगाडि फिल्मका केही पाटो छायाङ्कन गरिसकेकी बर्षालाई निर्माण टिमको आन्तरिक छलफलबाट हटाउन लागेको निर्माता किरण नेपालीले बताए ।

‘हामीले अहिले फिल्मको नायिका परिवर्तन गर्ने निर्णय गरेका छौ’ निर्माता नेपालीले भने ‘अब अभिनेत्री को रहने र किन परिवर्तन गरेको भन्ने बिषयमा केही दिनमा जानकारी दिनेछौ ।’

यता अभिनेत्री बर्षा राउतले भने प्रोजेक्ट जुधेकोले आफु बाहिरिन लागेको बताइन् । रोकिएको करिब तीन वर्षपछि छायाङ्कन सुरु हुन लागेको या फिल्ममा दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेन पनि मुख्य भूमिकामा छन् ।

फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे० पनि निर्माता रहेको फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् ।

 

प्रकाशित मिति: Mar 20, 2022

प्रतिक्रिया दिनुहोस्