Logo
१७ बैशाख २०८१, सोमबार
(March 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारी र साउदी विदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार एवं विदेशमन्त्री फैजल बिन फरहान अल साउदबीच भेटवार्ता भएको छ ।

शीतलनिवासमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आजै परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्र मन्त्रीस्तरीय बैठकमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

 

प्रकाशित मिति: Mar 15, 2022

प्रतिक्रिया दिनुहोस्