Logo
२३ बैशाख २०८१, आईतबार
(March 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७९ सालमा शनिवार बाहेक ४३ दिन सार्वजनिक बिदा {सूचिसहित}

नेपाल सरकारले आगामी बर्ष २०७९ को सबै सार्वजनिक विदाको सूची सार्वचनिक गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २०७९ सालमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयबारेको विवरण सार्वजनिक गरेको हो ।वि.सं. २०७९ मा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरि ९५ दिन सार्वजनिक बिदा हुनेछ ।

बिदा हुने दिनहरूमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि बिदा, चार दिन काठमाडौँ उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दसैँ बिदा, पाँच दिन तिहार बिदा, पाँच दिन सबैका लागि दिवस बिदा तथा एक दिन अपाङ्गता भएका व्यक्तिका लागि मात्र बिदा गरेर ६ दिन दिवस बिदा दिइएको छ।

प्रकाशित मिति: Mar 11, 2022

प्रतिक्रिया दिनुहोस्