Logo
१७ बैशाख २०८१, सोमबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिर्गौला पत्थरी हुदाँ के खान हुन्छ, के हुदैन?

आज विश्व मिर्गौला दिवस मनाइदैँ छ । पछिल्लो समयमा मृर्गौलाका बिरामी दिनप्रतिदिन बढ्दो क्रममा रहेका छन् । प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्। यिनै अंगलाई मिर्गौला भनिन्छ। मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ। यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ।

मिर्गौला महत्वपूर्ण अंग हो भन्ने कुरा तबमात्र थाहा हुन्छ, जब मिर्गौला विग्रन्छ। जब मिर्गौलामा रोग लाग्छ।मिर्गौला विग्रिएपछि सातामा दुई देखि ३ पटक नियमित डायलाइसिस गरेर रगत सफा गर्नुपर्ने अवस्था आउँछ। कि भने आफन्तको मिर्गौला प्रत्यारोपण गनुपर्ने हुन्छ।

नेपालमा मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवाको सरकारले निस् शूल्क गरेको छ। तर डायलाइसिस सेवा लिन अस्पताल पुग्न तथा अन्य औषधि सेवन नियमित गर्न धेरै खर्च गर्नुपर्ने हुन्छ।

स्वास्थ्य परीक्षण नगरी सुरुवाती चरणमा मिर्गौला विग्रिएको थाहा हुँदैन। ८० प्रतिशत मिर्गौला विग्रिएपछि मात्र बिरामीमा लक्षणहरु देखिन थाल्छ। त्यसैले समयसमयमा मिर्गौला परीक्षण गराउनु पर्दछ। मिर्गौला विग्रिसकेपछि दुःख भोग्नुभन्दा मिर्गौला रोग लाग्नै नदिन सचेत हुनुपर्छ।
आज हामी हजुरहरुलाई मिर्गौलामा हुने पत्थरीको बारेमा जानकारी दिन गइरहेका छौ ।

मृर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजो आज जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ। पत्थरी विभिन्न कसिमका हुन्छन् र यो विभिन्न कारणले हुने गर्छ।

लक्षण

१. ढाड पछाडि दुख्नु,

२. लोइन टु ग्रोइन पेन। कहिलेकाहीँ पत्थरीको सानो कण पिसाबको नलीमा गएर अड्किएमा अचानक र अत्याधिक हुने दुखाइ।

३. पिसाबमा रगत देखा पर्नु वा पिसाब धमिलो हुनु,

४. पिसाबनलीमा इन्फेक्सन हुनु, ज्वरो आउनु,

५. हाइड्रो नेफ्रोसिस हुनु। पत्थरीको सानो कण पिसाबनलीमा अड्किँदा किड्नी फुल्न सक्छ र किड्नीको दायाँ वा बायाँ अथवा दुवै साइडमा दुख्न सक्छ।

६. बिना लक्षण नै पत्थरी हुनु। मिर्गौलाको पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। यसलाई यसिम्टोम्याटिक भनिन्छ। यसले गर्दा कतिलाई किड्नी फेल भएको थाहा नहुन सक्छ। र, मिर्गौला फेलियरको अवस्थामा बिरामीहरु अस्पताल आउँछन् ।

खान नहुने (बेफाइदा गर्ने)
१.पालुङ्गो साग
२.टमाटर
३.अमला
४.काजु
५.काँक्रो
६.काउली
७. फर्सी
८ .च्याउ
९. भण्टा

खान हुने (फाइदा गर्ने)
१. नरीवलको पानी
२.मकै
३. जौ
४. भूइकटहरको जूस
५. केरा
६. कागति बदाम
७. कागति
८. गाजर
९. चना
१०. करेला
११. गहतको दाल

 

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्