Logo
२८ बैशाख २०८१, शुक्रबार
(February 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहीबारको संसद् बैठकमा एमसीसीमाथि छलफल गर्ने

भोलि (बिहीबार) बस्ने संसद्को बैठकमा एमसीसीसँग भएको अनुदान सहायता सम्झौतामाथि छलफल हुने कार्यसूचि तय गरेको छ । संसद् सचिवालयले बैठकमा सरकारले एमसीसीमाथि छलफलकालागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको हो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जानकारी दिए ।

त्यस्तै, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: Feb 23, 2022

प्रतिक्रिया दिनुहोस्