Logo
१५ बैशाख २०८१, शनिबार
(February 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बार एसोसिएसनको निर्वाचन कार्यक्रम सार्वजनिक, यी हुन् मतदान केन्द्र

नेपाल बार एशोसिएसनको चैत १९ गते हुने चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

देशैभर एकसाथ चुनाव हुने निर्वाचन समितिले जनाएको छ । चुनावबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचन समितिका अनुसार चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिनेछ भने नामावलीमा दावी विरोधको मिति फागुन १३ गतेलाई तोकिएको छ ।

यस्तै अन्तिम नामावली फागुन २० गते प्रकाशित हुँदा फागुन २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ । फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर चैत १९ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएपछि मतगणनाको कार्यक्रम सुरु हुनेछ ।

 

 

प्रकाशित मिति: Feb 21, 2022

प्रतिक्रिया दिनुहोस्