Logo
१७ बैशाख २०८१, सोमबार
(February 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन हुन्छ मुखको क्यान्सर ? जान्नुहोस् लक्षण र रोकथामका उपाय !

क्यान्सर पछिल्लो समयमा नेपालमा दिनप्रतिदिन बढीरहेको छ । बद्लिदो खानपानले गर्दा पछिल्लो समयमा क्यान्सरको विरामी बढ्दो देखिन्छ । क्यान्सर जुनसुकै अङ्गमा पनि हुन सक्छ । विशेष गरेर आन्द्रा, घाटी, पाठेघर, छाला, पेट, घाँटी,मुख जस्ता अङ्गमा बढी क्यान्सर भइएको पाइन्छ ।

हुन अहिले ब्लड क्यान्सर, बोनम्यारो क्यान्सर पनि बढ्दो देखिन्छ । तर पनि आज हामी हजुरलाई मुखको क्यान्सरबारे जानकरी दिन गइरहेका छौ ।

मुखको क्यान्सर महिलामा भन्दा पुरुषमा बढी देखिन्छ । मुखमा हुने तन्तुको कोषहरु अनियन्त्रित रुपमा वृद्धि भएमा मुखको क्यान्सर हुने गर्छ ।

मुखको क्यान्सर ओठ, जिब्रो, जिब्रोमुनिको भाग, गालाको भित्री भार र तालुमा हुने गर्छ । कोषहरु अनियन्त्रित रुपमा वृद्धि हुँदा ती मागहरुमा घाउँ भएर क्यान्सर हुने गर्छ ।

मुखको क्यान्सर सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुलाई हुने सम्भावना बढी हुन्छ । नेपालमा मुखको क्यान्सर महिला भन्दा पुरुषमा बढी देखिने गरेको छ । मुखको क्यान्सरबाट नेपालमा ४० वर्ष माथिका व्यक्तिहरु बढी पीडित बनेका छन् ।

मुखको क्यान्सर जोकोहीलाई पनि हुन सक्छ । यसकारण हामीले यसबाट बच्चका लागि खानपिनमा धेरै ध्यान दिन जरुरत हुने गर्छ ।

मुखको क्यान्सरका लक्षण

मुखको क्यान्सरको कुनै यही नै चिन्ह वा लक्षण हुन्छ भनेर भन्न नसकिए पनि साधारणता निम्न लक्षण देखिन्छन्

– नदुख्ने वा दुख्ने घाउ, खटिरा देखिनु

– मुखमा दाग, धब्बा वा पत्र देखिनु
-मसलादार खाना खाँदा पोल्नु
– घाँटीमा गिर्खाहरु देखा पर्नु
– स्वाद फरक पाउनु
-अस्वभाविक रक्तस्राव हुनु
-खान, निल्न, पिउन अप्ठ्यारो हुनु
-खान, निल्न, पिउन अप्ठ्यारो हुनु
-घाउ, खटिराको आकार बढ्दै जानु
-र्‍याल बढी आउनु

कारण

-पोषणको कमीस् आइरन, भिटामिन ए, ई र सीको कमी
-सूर्तीजन्य पदार्थस् यसमा क्यान्सर बनाउने हजारौं रसायन र ४५ तत्व हुन्छ

-मद्यपान : रक्सी पिउँदा क्यान्सर हुने सम्भावना १५ गुणा बढी

-सूर्यको प्रकाशस् अल्ट्राभाइलेट विकिरण एक्सरे।

-मुखको समस्यास् दाँतको समस्या, फोहोर मुख

-संक्रमण : विभिन्न भाइरल, ब्याक्टेरियल र फंगल संक्रमण

रोकथामका उपाय
मुखमा भएका परिवर्तन, घाउ, खटिरा, दाग सजिलैसँग निदान गर्न सकिन्छ। त्यसैले सजिलै मुखको क्यान्सर रोकथामका लागि निम्न उपायहरु अपनाऔंस्

-मद्यपान नगर्ने

– सूर्तीजन्य पदार्थको सेवन नगर्ने
-दीर्घकालीन चोटपटक, घर्षणबाट मुक्त रहने
-संक्रमणको उपचार गर्ने
– दाँतको समस्याको बेलैमा उपचार गर्ने
– राम्रोसँग मुखको सफाई गर्ने, बेलाबेलामा कुल्ला गर्ने
– अखाद्य तथा रासायनिक पदार्थको संसर्गमा नआउने।
– सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने

(स्वास्थ्य मन्त्रालय)

प्रकाशित मिति: Feb 18, 2022

प्रतिक्रिया दिनुहोस्