Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकीका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्री देउवासँग भेटघाट

प्रधानमन्त्री शेरबहादुर देउवासँग गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले भेटघाट गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल,अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेको हो ।

चालू आर्थिक वर्ष २०७८/०७९ को गण्डकी प्रदेश सरकारको बजेटको एजेण्डालाई लिएर प्रधानमन्त्रीसँग भेटघाट गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पोखरेलले बताए ।

मुख्यमन्त्री पोखरेल विगतको सरकारले धेरै आयोजनाहरू बहुवर्षीय ठेक्कामा लगाएको, कतिपय योजनाहरू प्रक्रियामा राखेको जानकारी दिए ।

श्रोत सुनिश्चित नगरेकाले आफ्नो सरकारमाथि १६ अर्ब भन्दा बढीको दायित्व थपिएको भन्दै उनले त्यसलाई समाधान गर्नका लागि प्रधानमन्त्रीसँग भेटघाट गरेको स्पष्ट पारे ।

मुख्यमन्त्री पोखरेलले कतिपय ठूला आयोजनाहरू वनसँग जोडिएको र वन प्रयोगको अधिकार केन्द्रीय सरकारसँग मात्रै भएकोले त्यसलाई समाधान गर्ने विषयमा पनि वन मन्त्रालयसँग छलफल हुने बताए ।

प्रकाशित मिति: Jan 31, 2022

प्रतिक्रिया दिनुहोस्