Logo
१६ बैशाख २०८१, आईतबार
(February 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक पहुँचका आधारमा अपराधीलाई छुटाउन दबाब दिइरहने हो भने मुलुक परिवर्तन हुँदैन : संघीय गृहमन्त्री

संघीय सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहुँचको आधारमा राज्यलाई लुट्ने छुट कसैलाई दिन नसक्ने बताएका छन् ।

पोखरामा शुक्रबारदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठिमा बोल्दै गृहमन्त्री श्रेष्ठले जालसाँजी र अपराधमा छुट दिनै नसकिने बताएका हुन् ।

अपराधीलाई छुटाउन पहुँचको आधारमा दबाब दिइरहने हो भने मुलुक परिवर्तन नहुने उनको भनाइ रहेको छ । राजनीतिक दलका नेता, कर्मचारी, व्यपारीले राज्यलाई लुट्ने र पहुँचको आधारमा उम्कन दबाब दिने गरेको उनको आरोप छ ।

वर्तमान सरकार सुशासनको पक्षमा रहेकाले कसैको दबाबमा नपर्ने उनको दाबी छ ।

‘अपराध गर्ने नेतालाई समात्यो हाम्रो नेता हो भन्छन् । कर्मचारीलाई पक्रियो कर्मचारीले आवाज निकाल्न थाल्छन् कर्मचारीलाई त त्यसो गर्न भएननी भनेर । उद्योग व्यवसायी पनि अपराध गर्छन र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ’, गृहमन्त्री श्रेष्ठले थपे, ‘उद्योग व्यवसायीलाई यसो गर्न भएननि हाम्ले कर तिरेका छौं, अर्थतन्त्र धानेका छौं भन्छन् । हामीले भनेकै छौं त निजि क्षेत्रको सहयोगबिना नेपालको अर्थतन्त्रलाई सकरात्मक दिशामा लैजान सकिन्न । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न ।’

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले प्रदेश प्रहरी समायोजन ऐन नबनाउँदा प्रदेश सरकार लाठ्ठीबिना चलिरहेको गुनासो गरे ।

प्रदेशमा प्रहरी समायोजन हुँदा संघीयता बल्ल लागू हुने मुख्यमन्त्री पाण्डेले बताए । पूर्वआइजिपीहरुले प्रदेशलाई प्रहरी दिन नहुने भन्दै लेखिरहेको प्रति मुख्यमन्त्री पाण्डेको आपत्ति छ ।

‘नगरपालिकासँग लाठ्ठी छ । मसँग पुलिसले बोल्ने डण्डी पनि छैन, लाठ्ठीको कुरै छाड्नुस’, उनको भनाइ थियो ।

‘संघीयता लागु गर्र्दै कार्यन्वय गर्ने जिम्मेवारी सबैको हो’, उनले भने-शक्तिको बाँडफाँडमा संघ सरकारले नचाहेकै कारण प्रदेशको औचित्यमाथि प्रश्न उठिरहेको बताए ।

प्रकाशित मिति: Feb 2, 2024

प्रतिक्रिया दिनुहोस्