Logo
२५ बैशाख २०८१, मंगलबार
(January 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, प्रचण्डले राखे एमसीसीबारे संशोधन प्रस्ताव

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठवन्धन दलका तीन शीर्ष नेताहरुबीच आज भेटवार्ता भएको छ ।

सोमबार  प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको हो ।

आज बालुवाटार पुगेका प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री देउवासँग एमसीसी र एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल गरेका हुन् ।

सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन्,’ बालुवाटार स्रोतले जानकारी दिएको छ ।

एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरू छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति: Jan 31, 2022

प्रतिक्रिया दिनुहोस्