Logo
२६ बैशाख २०८१, बुधबार
(January 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले बताएको छ ।

सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन पहल थालेका छन् । सत्ता गठबन्धनलाई एमसीसीको कारण कुनै खतरा नरहेको दुवै पक्षले बताएका छन् ।दुई नेताबीचको वार्ताको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन् ।

प्रकाशित मिति: Jan 31, 2022

प्रतिक्रिया दिनुहोस्